Friday, September 18, 2026
Home अर्थ भक्तपुरमा औद्योगिक व्यापार मेला शुरु

भक्तपुरमा औद्योगिक व्यापार मेला शुरु

145

चैत २१,
भक्तपुर । भक्तपुरमा बृहत औद्योगिक व्यापार मेलाको आयोजना गरिएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा भक्तपुरमा आजबाट आयोजना गरेको “पाँचौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५” को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले स्वदेशी उत्पादनहरुको प्रवद्र्धन गर्दै स्वरोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेता नेपालले विदेशी सामग्रीहरुको आयातले गर्दा नेपालको अर्थतन्त्रमा असर पुगेको उल्लेख गर्दै सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता महशुस गरि नेपाली उद्योगलाई प्रवद्र्धन गर्ने कार्य गरिरहेको बताउनुभयो । उहाँले लगानी सम्मेलन मार्फत सरकारले नेपालमा लगानीलाई आकर्षित गर्ने कार्य गरेको र स्वदेशी तथा विदेशी लगानीर्ताहरु नेपालमा लगानी गर्न आतुर रहेको पाइएको बताउनुभयो ।
उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले भक्तपुरको सल्लाघारीमा सुरु भएको मेलामा मेलामा अटोमोवाईल, अन्तराष्ट्रिय खाना महोत्सव, अन्तराष्ट्रिय स्टल, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।
नेपाली परम्परागत उत्पादित सामग्रीहरु, दैनिक प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने मेलाका संयोजक दिपक थापाले जानकारी दिनुभयो । मेलामा हरेक दिन बिभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन हुने आयोजक मध्यपुर व्वाइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिनुभयो । मेला आगामी बैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।