Saturday, October 3, 2026
Home समाचार वैशाखदेखि न्यूरोड क्षेत्रमा ‘स्मार्ट पार्किङको’ सुविधा, मोबाइलबाटै पार्किङ ठाउँ सुनिश्चित गर्न...

वैशाखदेखि न्यूरोड क्षेत्रमा ‘स्मार्ट पार्किङको’ सुविधा, मोबाइलबाटै पार्किङ ठाउँ सुनिश्चित गर्न सकिने

115

चैत १४,
काठमाडौँ -आगामी वैशाखदेखि न्यूरोड क्षेत्रका आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु हुन लागेको छ । उत्त योजना काठमाडौँ महानगरपालिकाले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा गर्न लागेको हो ।

न्यूरोड क्षेत्रका आसपासका क्षेत्रमा सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको हो । वैशाखदेखि न्यूरोड क्षेत्रको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ शुरु हुनेछ । ती स्थानमा एक पटकमा करीब ८०० मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने छ ।

न्यूरोड जानुअघि उपभोक्ताले मोबाइलबाटै कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ सुनिश्चित गर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि ‘गोप्रो’ क्यामरासहितका पार्किङ सहयोगी राखिनेछन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित अभिलेख गरेर राख्छन् ।

ती क्षेत्रमा पार्किङ गर्दा दुई पाङ्गे सवारीकालागि प्रतिघण्टा कर बाहेक रु २०, चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु ५० र ६ पाङ्ग्रे वा सोभन्दा माथिका लागि प्रतिघण्टा रु २०० शुल्क लाग्नेछ ।यसरी सङ्कलन गरिएको रकमबाट सञ्चालकले महानगरलाई राजश्व बुझाउनेछन् । ‘स्मार्ट पार्किङको सेवा शुरु भए पछि सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुनुको साथै सो क्षेत्रमा पार्किङको समस्या समेत अनत्य हुने छ ।