काश्मिरको बस स्टेशनभित्र बम विस्फोट

86

फागुन २३
श्रीनगर– भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानीको रुपमा रहेको छ । घाइतेहरुको सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।