फागुन २०,
काठमाडौँ -फिल्म ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको गियो ।
ट्रेलर हेर्नुस्:
यस फिल्ममा मुख्य भुमिकामा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, रहेका छन् भने प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस फिल्ममा रामबाबु गुरुङका् लेखन र निर्देशन दुबै रहेको छ । यस फिल्मलाई विशाल गुरुङ र मोहन राना मगरले निर्माण गरेका हुन् भने फिल्ममा संगीत काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा, काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको रहेको छ । छायांकन शैलेन्द्र डि कार्कीको रहेको छ भने सम्पादन निमेश श्रेष्ठको गरका हुन् । फिल्म चैत १५ गते बाट देशभर रिलिज हुँदैछ ।













