पाइलटपुत्रलाई पाकिस्तानीको भावुक पत्र स् बधाई बन्नी, मिसाइल हैन फूल लिएर आऊ !

139

फागुन १७
काठमाडौं -भारतीय सेनाका पाइलट अभिनन्दन वर्तमान, जसका कारण भारत–पाकिस्तान युद्धको रुप नै बदलियो । लगभग उनकै कारण भारतले सैन्य गतिविधि नै रोक्न बाध्य भएको देखियो ।त्यसो त, ती पाइलट जब नियन्त्रणमा परे त्यसपछि त युद्ध मैदानबाटै समाचार बाचन गरे झैँ प्रस्तुती दिएका भारतीय मूलधारका मिडिया पनि मौन भए ।
छोटो अवधिमा भारत र पाकिस्तानले झेलेका परिस्थितिका बीच भारतीय पाइलटको नियन्त्रण नै लोकप्रिय भयो । त्यससँगै पाइलटका छोरालाई सम्बोधन गर्दै लेखिएको एक पत्र सामाजिक संजालमा भाइरल भएको छ ।

‘पाक आर्मड् फोर्स’नामको एक फेसबुक पेजबाट सार्वजनिक भएको उक्त पत्र भावुक त छ, त्यसमार्फत भारतीय सैनिकलाई समेत अहम प्रश्न उठेको छ । भलै उक्त फेसबुक पेज पाकिस्तानी सेनाको आधिकारिक पेज भएको विश्वास गर्ने आधार छैनन् ।

त्यहाँ सार्वजनिक भएको पत्रले भने भारतीय नेताले ‘पाकिस्तानको नक्सा नै मेटाइदिने’ भन्दै दिएको धम्कीलाई जवाफ दिएको छ । पाइलटका पुत्रलाई ‘बन्नी’ भन्दै मायालु शब्द प्रयोग गरी लेखिएको उक्त पत्रमा आग्रह गरिएको छ, ‘यदी उनीहरुले तपाईँलाई हिंस्रक भीडमा त्यसै छोडिदिएको भए के हुन्थ्यो भनेर सोध्नु’

खासमा पाइलटका स्कुले छोरालाई सम्बोधन गर्दै पत्रमार्फत भारतीय सरकारलाई नै प्रश्न सोधिएको थियो । पत्रमा लेखिएको छ, ‘बन्नी तिमीलाई एउटा अनुरोध जब तिम्रा बाले भावुक भएर तिमिलाई अंकमाल गर्नेछन्, सोध्नु कि, बा के मजस्तै कश्मिरी बालबालिकासँग आफ्ना बाको साथ खुसीसाथ बाँच्ने अधिकार छैन रु’

उक्त पत्र कसले लेखेको थियो ठ्याक्कै पहिचान त भएको छैन । तर अधिकांश पाकिस्तानी पक्षधर फेसबुक पेज तथा सामाजिक संजालबाटै यसको प्रचार गरिएको छ । यहाँ लेखिएको छ, ‘हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं । बन्नि १ आफ्ना पितासँग खुसी रहनू ।’

भारत र पाकिस्तानबीच जारी तनाबमा विशेषगरी भारतीय सरकार पक्षधरबाट ‘हमला गरेरै सिद्ध्याउने’ भन्दै पाकिस्तान विरोधी छद्म गालीगलौज र चेतावनी आए । पाकिस्तानले भने यस्तै भावनात्मक शब्द र अभिव्यक्तिको माध्यमबाट परिस्थिति आफ्नो पक्षमा बनाएको छ ।

त्यसो त, पाकिस्तानी प्रधानमन्त्री इमरान खान स्वयंले भारतलाई यसअघि नै वार्ताको लागि आग्रह गरेका थिए । उनले युद्धले सबैलाई नोक्सान गर्ने भन्दै परिपक्व बन्न आग्रह गर्दैआएका थिए । बिहीबार भने उनले संसदमा सम्बोधन गर्दा पाइलट नियन्त्रणमा लिएको कुरालाई नै यति हल्का रुपमा लिए कि, उनलाई रिहा गर्ने खासै ठूलो विषय नभए झैँ अभिव्यक्ति दिएका थिए । आफ्नो मन्तब्य सकेपछि फेरि फर्केर रिहा गर्ने घोषणा गरेका थिए । युद्धको आह्वान गरिरहेको भारतलाई खानको यो चलाखीपूर्ण जवाफ थियो ।

यस्ताे थियाे पाइलटका छाेराकाे नाममा पठाइएकाे त्याे भावुक पत्र यस्ताे थियाे :

‘हाइ लिटिल बन्नी ! बधाइ छ । तिमी छिटै आफ्ना बालाई अंकमाल गर्न गइरहेका छौ । हामी उपहारका रुपमा तिम्रा बालाई पठाउँदैछौं, यो कुरा को वास्ता नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौंमाथि बम खसाउन आएका थिए । बन्नी, तिमीलाई एउटा अनुरोध (जब तिम्रा बा ले भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, उनीसँग सोध्नू- बा, के मजस्तै कश्मिरी बालबालिकासँग आफ्ना बाको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन ? यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडमा यसै छोडिदिएको भए ? युद्ध र घृणाको मूल्य के हुन्छ ? घृणा र मायामा कुन शक्तिशाली हुन्छ ? जीवन र मृत्युमा के सुन्दर हुन्छ ? लिटिल बन्नी, खुसी रहनु एक दिन तिमी तिम्रा बासँग हामीकहाँ आउ, त्यसबेला हातमा बम र मिसाइल होइन फूल लिएर आउनु । हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं । बन्नि ! आफ्ना पितासँग खुसी रहनू ।’

Annapurna