प्रधानमन्त्रीको स्ट्याट्स : अधिकारी र आङ छिरिङ समृद्ध नेपालका सारथी थिए

123

फागुन १६,
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन मन्त्री रवीन्द्र अधिकारी र यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनबाट आफूले परिवारको सदस्य गुमाए झैं असह्य पीडा महशुस गरेको जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्समार्फत् ओलीले मन्त्री अधिकारी र शेर्पा समृद्ध नेपाल र सुखी नेपालीको सारथीका रूपमा रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ले लेखेका छन् -हामीले देखेको “समृद्ध नेपाल, सुखी नेपाली”को सपना साकार पार्ने एक सारथीका रूपमा आज मा. अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अव्वल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पा सहित तेह्रथुमको चुहान डॉडॉमा नयॉ एयरपोर्टको संभाव्यता अध्ययनको लागि जानु भएको थियो ।

यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु । मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दु:ख व्यक्त गर्दछु। सरकार साथमा छ- हामी सबै साथ-साथ मिलेर यस पीडालाई सहन गर्न सकौं ।