एनसेल बिक्री प्रकरण: खुल्ला त उपेन्द्र महतोको फाइल ?

78

नेपाल समाचारपत्र,
माघ २५, काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल बिक्री गर्दा लाग्ने पु“जीगत लाभ करको विषयमा विगत लामो समयदेखि अल्झिरहेको विवाद सर्वोच्च अदालतले मंगलबार टुंगो लगाएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले पु“जीगत लाभ कर एनसेल र आजिएटा ९टेलियासोनेराबाट एनसेल किन्ने कम्पनी० बाट असुली गर्न फैसला गरेको हो । पछिल्लोपटक एनसेल खरिद बिक्री हु“दा उत्पन्न कर विवाद एउटा टुंगोमा लागे पनि सोही कम्पनीसँग जोडिएको यस्तै प्रकृतिको अर्को एउटा प्रशंगलाई भने लामो समयदेखि गुपचुप राखिएको छ । पछिल्लो कारोबारमा पु“जीगत लाभ कर तिर्ने विषय टुंगो लागेको भए पनि यसअघि भएका कारोबारमा गरिएको कर छलीको विषय कमैले उठाउने गरेका छन् । यसअघिका एनसेल खरिद बिक्री हु“दा कर छली भएको प्रशंग नेपाल समाचारपत्रले कयौंपटक उठाएको भए पनि सो विषयलाई गुपचुपमा राख्ने प्रयास हु“दै आएको छ ।

विशेषगरी डा। उपेन्द्र महतोले कम्पनीको शेयर बिक्री गर्दा पु“जीगत लाभ कर छली गरेको समाचार नेपाल समाचारपत्रले प्रकाशित गर्दै आएको छ । तर, यो विषयलाई राजनीतिक पहुँचका आधारमा गुपचुप राख्ने प्रयत्न हु“दै आएको हो । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्षसमेत रहेका व्यापारी महतोको सन् २००८ मेसम्म स्पाइस नेपाल नामक कम्पनीमा ४० प्रतिशत शेयर रहेको थियो । महतोको साइप्रसमा रहेको कम्पनी डेल्टो ट्रेडिङ लिमिटेडको नाममा २० प्रतिशत र नेपालमा रहेको कम्पनी सिनर्जी नेपालको नाममा २० प्रतिशत शेयर रहेको थियो । बा“की ६० प्रतिशत शेयरचाहि“ टेलियासोनेरा नर्वेको वेस्ट इन्डिजमा रहेको रेनोल्डस् होल्डिङ कम्पनीको नाममा रहेको थियो।