Friday, September 18, 2026
Home अपराध बाघको हड्डी जस्तोदेखिने वस्तुसहित पक्राउ

बाघको हड्डी जस्तोदेखिने वस्तुसहित पक्राउ

72

काठमाडौँ, १३ माघ
काठमाडौँको दक्षिणकालीबाट बाघको हड्डी जस्तो देखिने वस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दक्षिणकाली नगरपालिका–१ बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डी जस्तो देखिने वस्तु ५६ थानसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट संयुक्त रुपमा खटिएको टोलीले शनिबार सविताको घरमा खानतलासी गर्दा सो वस्तु फेला पारेको हो ।

सोही विषयमा थप अनुसन्धानका लागि सिन्धुपाल्चोक चोगदे–७ बस्ने २६ वर्षीय अजय गुरुङलाई समेत बल्खुबाट पक्राउ गरिएको छ ।-रासस