Tuesday, September 22, 2026
Home राजनीति राजदूत शेर्पाबारे कुनै निर्णय भएको छैन ; परराष्ट्र मन्त्री ज्ञवाली

राजदूत शेर्पाबारे कुनै निर्णय भएको छैन ; परराष्ट्र मन्त्री ज्ञवाली

116

काठमाडौं पुस २४ : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे कुनै निर्णय नभएको बताएका छन्।
‘हिजोको क्याबिनेटमा उहाँबारे केही कुरै भएन,’ मन्त्री ज्ञवालीले भने।

यसअघि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको सूचना सार्वजनिक भएको थियो।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा परेकी थिइन्। त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्यतथ्य बुझ्न मन्त्रालयले उनलाई काठमाडौं बोलाएको थियो।

छोटो समयमा कुटनीतिक मर्यादाभित्र शान र मान कमाउन सफल राजदूत शेर्पामाथि आफ्नै कामदारले यसरी पैसाको आरोप लगाउँदै सञ्चार माध्यममा सार्वजनिक अभिव्यक्ति दिपछि यो विषय निकै गम्भीर बनेको थियो।

मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका उनका पूर्वचालक वाड्चु शेर्पाले आरोप लगाउँदै आएका छन्।

आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको वाड्चु शेर्पाले सेतोपाटीसँग आरोप लगाउनुको कारण बताएका थिए।

राजदूतावासले भने निकै बदमास रहेका वाड्चु शेर्पाले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएको थियो। -सेतोपाटी