Wednesday, October 7, 2026
Home मनोरन्जन गायिका चन्द्रकलालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

गायिका चन्द्रकलालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

208

मंसिर ५,
काठमाडौं । लोकगायिका चन्द्रकला शाह ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएकी छन् ।
‘युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५’मा उनलाई नगद रु।१७ हजार ६ सइ ९६ सहित यो सम्मानबाट सम्मानित गरिएको हो ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” मुल नाराको साथ राजधानीमा हालै आयोजित अवार्ड समारोहमा रातोपाटीका पत्रकार कुबेर गिरी सहित लक्ष्मण सुवेदी, श्याम अर्याल, श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरण प्रसाद अधिकारी ‘कला पत्रकारिता सम्मान २०७५’बाट सम्मानित भए ।

रंग पत्रकार एवम् चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान सम्मानित भएको कार्यक्रममा कार्यक्रममा इभेन्ट निर्देशक लबबहादुर कार्की, कोरियोग्राफर अश्विनी झा, अभिनेत्री सोभिता सिंखडा, लोक गायक गणेश गुरुङ, मिसेस् एसिया प्यासिफिक चन्दा थापाले समेत सम्मान थापेका थिए ।

राजधानीको जमल स्थित नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सम्पन्न कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको मुख्य अतिथि रहेका थिए । कार्यक्रममा कुल ४४ विधामा अवार्ड बाँडिएको थियो ।
अवार्डमा निर्णायक र एसएमएस भोटिङको आधारमा बिजेताको निर्णय गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । उनले कला र कलाकारको सम्मानको लागि हरेक वर्ष अवार्ड गर्ने जानकारी दिए ।