Friday, October 30, 2026
Home अर्थ २८ बैंकको कमाई ५३ अर्ब

२८ बैंकको कमाई ५३ अर्ब

110

भाद्र १,
लगानीयोग्य रकम अभाव भएको भन्दै गत आर्थिक बर्षका अधिकांश महिनामा बैंकहरुले ऋण प्रवाहम कडाई गरे पनि नाफामा त्यसको असर देखिएन । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकहरुको नाफा साढे १८ प्रतिशत बढ्नुले यो पुष्छि हुन्छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा कुल ५३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक बर्षको अन्त्यमा ती बैंकहरुको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।