न्यायको माग गर्दै कांग्रेस नेता अनशनमा

88

साउन २८,
कास्की । नेपाली काँग्रेसका नेता रामजी पौडेल हत्यामा आफूलाई दोषी बनाइएको भनी न्यायको माग गर्दै पार्टीका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने आजदेखि सानेपास्थित काँग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनशन बस्नुभएको छ । घटनामा आफू निर्दोष रहेपनि विभिन्न तवरबाट हत्याको आरोप आइरहेका अवस्थामा त्यसबाट मुक्त गरियोस् भनेर पटकपटक माग गर्दा पनि पार्टीबाट न्याय नपाएपछि अनशन बस्न बाध्य भएको लामिछानेको भनाइ छ । विसं २०७२ साउन २८ गते राति काँग्रेसका कार्यकर्ताद्वारा आफ्नै पार्टीका नेता रामजीको जघन्य हत्या भएको थियो । हत्यापछि नेता रामजीका दाजु राममणि पौडेलले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएकामा घटनामा संलग्नमध्ये छ जनालाई कास्की जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।