पुल उद्घाटन हुनु अगावै दुवै देशका नागरिकले प्रयोग थालेको छन्।

156

असार ५,
झापा । नेपाल भारतको सीमावर्ती क्षेत्रलाई जोड्ने झापाको भद्रपुरस्थित मेचीनदीमा निर्माण भएको पुल उद्घाटन हुनु अगावै दुवै देशका नागरिकले प्रयोग थालेको छन्। मनसुन सुरु भएसँगै मेची नदीमा पानीको सतह बढ्दा नदीमा बनाइएको बाँसको अस्थायी पुल पानीले बगाएपछि स्थानीय नागरिकले उद्घाटन गर्न बाँकी रहेको पुलबाटै आवतजावत गर्न थालेका छन्। मेची नदीमा पुल निर्माण भए पनि सडकबाट पुलसम्म पुग्ने सडक निर्माण नभएकाले पुलको उद्घाटन हुन बाँकी रहेको छ। अहिले पुलसम्म पुग्नका लागि पुलको दुवैतर्फ अस्थायी ग्राभेल सडक बनाइएको छ। त्यो सडकको गिट्टी र बालुवा पनि पानीले बगाउन थालिसकेको छ। उक्त अस्थायी सडक भत्किए पुलबाट आवतजावत गर्न नै ठप्प हुने स्थानीयहरु बताउँछन्। पुलको दुवै तर्फको ग्राभेल सडक अहिले ठाउँठाँउमा खाल्डो परिसकेको छ। नेपालतर्फ बनाइएको तटबन्धन समेत धस्सिएको छ।