जीवन सफल बनाउने १६ धारणा यस्ता छन्

332

काठमाडौं । हरेक मानिस जीवनमा सफल हुन चाहन्छ । आफुले भने जस्तै होस् भन्दछ । तेसका लागि केहि सुत्रहरु छन् जसले मनिसलाई सुखी, धनि र शक्तिशाली बनाउन सहयोग गर्दछ । ती यस प्रकार रहेका छन्ः

१. जीवन
जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए , अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्यु मा दुनिया रोउन र तिमिले उत्सव मनाउ ।

२. हार नमान्नु
– बिच बाटो बाट फर्किएर कुनै फाइदा हुदैन किनकी फर्किदा पनि तपाइलाई त्यति नै दुरी पार गर्नुपर्छ जति त्यहा पुग्नलाई लाग्छ ।

३. सफलता – असफलता
– सफलताले हाम्रो परिचय दुनियासित गराउछ र असफलताले हामीलाई दुनियाको परिचय गराउछ ।

४. कठिनाइहरु
– जबसम्म तपाइले आफ्नो समस्या एवम कठिनाइहरुको कारण अरुलाई कोस्नुहुन्छ तब सम्म तपाईं आफ्नो समस्याहरु र कठिनाइहरुलाई मेटाउन सक्नुहुन्न ।

५. आत्मविश्वास
– यदि कुनै चिजलाई दिलसित चाहनुहुन्छ भने पुरै विश्वले तपाइलाई त्यो सित मिलाउन थाल्छ ।

६. असम्भव
– यो दुनियामा असम्भव केही पनि छैन हामीले त्यो सब गर्न सक्छौ जुन हामी सोच्दछौ र हामी त्यो सबै सोच्न सक्छौ जुन आजसम्म हामीले सोचेनौ ।

७.गल्तिहरु
– यदि तपाईं समय मै आफ्नो गल्ती स्वीकार गर्नुहुन्न भने तब तपाइले एउटा अर्को फेरि गल्ती गर्न पुग्नुहुन्छ , आफ्नो गल्तिबाट तबमात्र सिक्न सक्नुहुन्छ जब तपाईं आफ्नो गल्ती स्वीकार्नु हुन्छ ।

८. शक्ति
– ब्रहमाण्डको सारा शक्तिहरु पहिले देखि नै हाम्रो हो ,फेरि पनि हामी आफ्नो आँखा मा हात राख्छौ र फेरि रुने गर्छौ यो सोचेर कि कति अन्धकार छ ।

९. मेहनत
– हामी चाहयौ भने आफ्नो आतमविश्वास र मेहनत को बलमा आफ्नो भाग्य आफै लेख्न सक्छौ , यदि हामीलाई लेख्न आउदैन भने परीस्थितिले आफ्नो भाग्य लेखिदिन्छ ।

१०. महानता
– महानता कहिक्यै नखस्नु मा होइन बल्की हरेक पटक खसेर उठ्नुमा हुन्छ ।

११. समय
– तपाईंले यो भन्न सक्नुहुन्न कि तपाइसित समय छैन किनकी तपाइसित एक दिनमा त्यति नै समय छ जति समय महान एवम सफल मान्छेहरुसित छ ।

१२. सोच
– वर्षातको समय मा सारा पंछीहरुले आश्रयको खोज गर्दछ तर चील बादलहरुको माथी उडेर वर्षातलाई नै ब्खयष्म गरिदिन्छ , समस्याहरु ऋयmmयल हुन्छ तर तपाइको सोचले यसमा म्षाभचभलअभ पैदा गर्दछ ।

१३. सपना
– सपना त्यो होइन जुन हामी निद्रामा देख्छौ सपना त्यो हो जसले हामीलाई निद्रा आउन दिदैन ।

१४. विश्वास
– विश्वास त्यो शक्ति हो जसबाट निष्पट अँध्यारो दुनिया मा प्रकाश ल्याउन सकिन्छ , विश्वासले ढुङ्गालाई भगवान बनाइदिन सक्छ र अविश्वासले भगवानले बनाएको मान्छेलाई पनि ढुङ्गाको दिल बनाइदिन सक्छ ।

१५. सफलता
– टाढा देखि हामीलाई सबै बाटो बन्द देखिन्छ किनकी सफलताको बाटो हाम्रो लागि तबमात्र खुल्दछ जब हामी त्यसको बिल्कुल नजिक पुग्छौ ।

१६. प्रसन्नता
– यो कुनै पहिले देखि नै निर्मित चिज होइन यो तपाइको कर्मबाट आउँछ ।