Friday, October 16, 2026
Home स्थानीय सरकार गण्डकी विकास बैंकले बोनश शेयर वितरण गर्ने

गण्डकी विकास बैंकले बोनश शेयर वितरण गर्ने

112

जेठ २८,
काठमाडौं । गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७३/७४ सम्मको संचित मुनाफावाट बोनश शेयर वितरण गर्ने भएको छ । बैंकको जेष्ठ २५ गते वसेको दशौ वार्षिक साधारण सभाले संचालक समितिको आ।वं २०७३र७४ को बार्षिक प्रतिवेदन पास गर्नुको साथै संचित मुनाफावाट कुल चुक्तापूंजीको १९.३१०६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरण पश्चात बैंकको कुल चूक्ता पूँजी २ अर्व ७५ करोड पुगेको छ । चुक्ता पूँजीको आधारमा गण्डकी विकास बैैंक सवै भन्दा ठूलो एवं अग्रणी बिकास बैक बन्न पनि सफल भएको छ । सभाले आगामी चार वर्षको लागी छ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा संस्थापक शेयरधनीहरुको तर्फबाट पद्यप्रसाद पौडेल, सुशिल गौचन र किशोर ओझा रहेका छन् भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायणबहादुर बाँनिया, कृष्णवहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी रहेका छन् । बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैमाससम्ममा निक्षेप २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ रु।१८ अर्ब ३२ करोड पु¥याएको छ ।