Saturday, September 19, 2026
Home समाचार आमाबाबुको घर तत्काल छाड्न ३० वर्षीय छोरालाई अदालतको आदेश

आमाबाबुको घर तत्काल छाड्न ३० वर्षीय छोरालाई अदालतको आदेश

305

जेठ १०,
लक्का जवान छोरा घरमै बसिरह्यो भने आमाबाबुले के भन्लान् ? जागिर खान सुझाव देलान् वा अन्य केही व्यवसाय गर्न भन्लान्। तर अमेरिकाका एक दम्पतीले छोरालाई घरबाट निकालिदिनु पर्‍यो भन्दै अदालतको ढोका ढक्ढकाएका छन्। अमेरिकाको न्यूयोर्क राज्यका केमील मार्क र क्रिस्टिनाले छोरा ३० वर्षीय मिचाल रोटान्डोलाई घरबाट निकाल्नका लागि अदालतमा मुद्दा दर्ता गरेका छन्। घरबाट बाहिर जान पटक पटक चेतावनी दिँदा पनि घर नछाडेको भन्दै उनीहरु छोराविरुद्ध अदालत पुगेका हुन्। उनीहरुले मिचाललाई घर छाड्नका लागि पाँच पटकसम्म लिखित चेतावनी दिएका थिए। तर उनले घर नछाडेपछि अदालत पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले बताएको छ। अदालतले पनि ती दम्पतीको पक्षमा फैसला गरेको छ। गत मंगलबार ३० मिनेट भएको सुनुवाइमा न्यायाधीश डोनाल्ड ग्रिनबुडले उनीहरुको पक्षमा फैसला सुनाएका हुन्। अब उनीहरुले आफ्नो बेरोजगार छोरालाई उनीहरुले कुनै प्रकारको रकम तथा अंश समेत दिनुपर्ने छैन। यसअघि उनीहरूले केही रकम दिएर घर बाहिर जान भनेका थिए। अदालतले भने उनलाई आफूलाई व्यवस्थित गर्न भन्दै छ महिनाको समय दिएको छ। त्यसका लागि छलफल गर्न अदालतमा बोलाइएको थियो। तर उनले त्यसलाई इन्कार गरेका छन्।