Sunday, September 27, 2026
Home राजनीति पार्टी एकिकरणपछि असन्तुष्ट रावल

पार्टी एकिकरणपछि असन्तुष्ट रावल

284

जेठ ७,
काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य भिम रावलले नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेर आफ्नो असन्तुष्टि जनाएका छन्। पार्टी एकिकरणका क्रममा योग्य र सिनियर नेताहरुको मर्याक्रम मिचिएको भन्दै रावलले आपत्ति जनाएका हुन्। ९ सदस्यीय सचिवालय टिममा नपरेपछि असन्तुष्ट रहेका एमाले नेता रावलले केन्द्रिय सदस्यका लागि एमालेबाट मनोनयन गरिएका ४५ जनाको नाममा आपत्ति जनाएका हुन्। उनले ४५ जना केन्द्रीय सदस्य छान्दा पनि अन्याय भएको बताएका छन्। एमालेको भागमा परेका दुई सय ४५ जना केन्द्रीय सदस्य मध्ये साविकको केन्द्रीय समितिका सदस्यहरु र थप ४५ जना सदस्य परेका थिए। रावलले मनोनित हुने सदस्यहरुको सूची सच्याउन समेत माग गरेका छन्।