प्रदेश सांसद लामिछाने अस्वस्थ, अवस्था स्थिर

475

बैशाख ३०,
भक्तपुर । प्रदेश नम्बर ३ का सांसद हरिशरण लामिछानेको स्वास्थ्यमा अचानक समस्या देखिएको छ । लामिछाने निकटले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको भनिएको छ । उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा भर्ना गरिएको हो । केही दिन रारा घुमेर फर्किएका लामिछाने हिजो मात्र घर पुगेका थिए । लामिछाने भक्तपुरको निर्वाचन क्षेत्र १ एकको प्रदेश १ नेकपा एमालेबाट बिजयी सांसद हुन् ।