बैशाख २६,
भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकिकरण प्रक्रियामा ढिलाई भएको बताएकी छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले भनिन् ‘मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकिकरण प्रक्रियामा ढिलाई हुने भयो ।’
आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले बिलय नभई सम्मान जनक ढंगल दुई पार्टी एकिकरण हुने उनको भनाई छ । अध्यक्ष प्रचण्डले भागबण्डाका बारे आएका समाचारहरु निराधार भएको दाबी गर्दै पार्टी एकिरणमा कुनै खालको बार्गेनिङ् नभएको समेत प्रवक्ता भुषालले स्पष्ट पारिन् । अहिले नै सरकारका गतिविधिको समिक्षा गर्ने बेला नभइसकेको भन्दै उनले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेन्डा अनुसार काम अघि बढाएको बताइन् । कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले विगतमा जस्तै नभई यो सरकारले कुटनीतिक पाटोलाई देश र समयानुकुल बनाउँदै गएको उनको भनाई छ ।
सरकारले तोकिएकै समयमा बजेट ल्याईसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन् ।