नेविसंघमा विवादः कार्यक्रम सुरु हुनै सकेन

101

बैशाख २६,
काठमाडौं । नेविसंघका दुवै पक्षलाई संयुक्त रूपमा कार्यक्रम गर्न नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले निर्देशन दिएका छन्।
सुन्दरीजल स्थित बिपी संग्रहालयमा बिहान ८ बजे देखि बोलाइएको दुवै समुहको कार्यक्रम हुन सकेको छैन। दुई समुहको विवाद मिलाउन संघका सभापति नैन सिंह महर र महामन्त्री कुन्दन काफ्लेलाई वार्ताका लागि सभापतिले आफ्नो निवासमा बोलाएका थिए ।
सह महामन्त्री डा प्रकाश शरण महत पनि उपस्थित बैठकमा देउवाले आजको कार्यक्रम मिलेर संयुक्त रूपमा गर्न निर्देशन दिएका हुन्।
विवाद मिलाउन बोलाइएको बैठकमा देउवाले नेविसंघको निर्देशक समितिलाई सक्रिय बनाउने आश्वासन दिएका थिए । सभापति संग भएको बैठकमा संयुक्त रूपमा कार्यक्रम गर्न नसकिने विद्यार्थी नेताले बताएका थिए । बिहानदेखि कार्यक्रमममा उपस्थित विद्यार्थीहरु कार्यक्रम हुने– नहुने अन्यौलमा छन्। एेतिहासिक स्थान बिपी संग्रहालयमा देखिएको विवादले काँग्रेस साथै नेविसंघको राम्रो सन्देश नजाने भन्दै विद्यार्थी हरुले चिन्ता व्यक्त गरेका छन् । प्रशिक्षण र अन्तरक्रियाका अतिथि बनाइएका केन्द्रीय नेताहरु कार्यक्रम स्थलमा देखिएका छैनन्।