Saturday, September 19, 2026
Home समाचार मजदुरले पनि साथ दिएनन् यातायात व्यवसायीलाई

मजदुरले पनि साथ दिएनन् यातायात व्यवसायीलाई

127

बैशाख ६,
काठमाडौं । सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन् । यातायात मजदुरहरुले ०५१ सालदेखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको तर सरकारको निर्देशिकाले सुनिश्चित गरेपछि मजदुर उत्साहित बनेका हुन् ।उनीहरुले हालै यातायात व्यवस्था विभागले ल्याएको संशोधित कार्यविधि निर्देशिका कार्यान्वयन हुनुपर्ने बताए । नेपाल यातायात व्यवसायी महासंघले बैशाख २७ गतेदेखि सार्वजनिक यातायातका सान बन्द गर्ने घोषणा गरेको छ ।