नयाँ नेपाल न्युज
चैत २७,
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ ।
यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पु¥याएर सम्पन्न हुनेछ । त्यसैगरी जात्राको आवश्यक सबै तयारी पूरा गरेको भएकाले आज दिउँसोबाट जात्रा सञ्चालन गरिएको छ । बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्ते ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन आज जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा बनाएको छ । यसवर्ष जात्रालाई शान्ति पूर्ण बनाउन ३४ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गरिएको छ । जात्रामा शस्शत्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पोशाक र सादा पोशाकमा गरि एक हजार ३ सय भन्दा बढी सुरक्षाकर्मी खटीएका प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक किरण राणाले जानकारी दिएकी छिन् । मदिरा बिक्री वितरणमा रोक लगाइने र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताएका छन् ।