Wednesday, October 28, 2026
Home राजनीति अब त जित्छ सञ्जय थापाले

अब त जित्छ सञ्जय थापाले

172

चैत १२,
‘लायन डिस्ट्रिक्ट ३२६ बी १, एमडी ३२५ नेपालले नेपालका सय जना विशिष्ट नागरिकलाई सम्मान गर्‍यो, फागुन २६ गते। त्यसको भव्यताको चर्चा अहिले नगरौँ होला। मैले डिस्ट्रिक्ट गभर्नर लायन धनराज आचार्यलाई शुभकामना दिँदै भनेँ, ‘यस्तो भव्य आयोजना, यति निष्ठा र अनुशासनको शिक्षा नेपालका पार्टी नेता र कार्यकर्ताका लागि अत्यन्तै आवश्यक छ। हाम्रै पार्टीका लागि पनि आवश्यक छ। आफ्नो मातृपार्टीका नेता कार्यकर्ताका बारेमा पहिले सोच्नुहोस्। मेचीदेखि महाकालीसम्मका प्रतिभालाई पोखरामा भेला गर्ने मान्छेको प्रतिभालाई सामान्यीकरण गर्न सकिँदैन। तपाईंले एउटा ऐतिहासिक काम गर्नुभएको छ। आफूमा रहेको यो प्रतिभालाई पार्टीव्यापी बनाउने सोच बनाउनुहोस्। सधैँ तपाईंले मलाई साथमा पाउनुहुनेछ।’ सम्मान समारोहका बारेमा अहिले यत्ति। किनभने अहिले चर्चा गर्नुपर्ने भयो, सञ्जय थापाको। मलाई बोलाइएको निम्तोमा प्रदीप नेपाल सञ्जय थापा लेखिएको थियो भने अभिनन्दनमा ‘यहाँले प्रगतिशील साहित्यको विकास र उन्नयनमा पुर्‍याएको अतुलनीय एवं अविस्मरणीय योगदान र राष्ट्र निर्माणको महान् कार्यमा गरेको अनुकरणीय कार्यहरूको स्मरण, कदर र सम्मान स्वरूप लायन्स शताब्दी सम्मानद्वारा विभूषित गरिएको छ।’