Sunday, September 27, 2026
Home अन्य कला मनकामना मन्दिरको छानामा ७ किलो सुनको जलप

मनकामना मन्दिरको छानामा ७ किलो सुनको जलप

553

चैत ३,
गोरखा । गोरखाको प्रशिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुननिर्माणको काम धमाधम भइरहेको छ। अहिले मन्दिरको माथिल्लो छानामा लगाइएको तामाको पातामा सुनको जलप लगाउने काम सकिएको छ। नेपाल सरकारले दिएको रकमबाट सात किलो सुन किनिएको थियो। तर, मनकामना मन्दिरको सबै भागमा सुनको जलप लगाउँदा १६ किलो सुन लाग्ने अनुमान मन्दिर जीर्णोद्धार समितिले गरेको छ। ‘माथिल्लो छानामा जलप लगाइसकियो’ मनकामना मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भने, ‘छानाको बिटमा राख्ने नागकन्याको मुर्तीहरु आउन ढिला भएकोले तल्लो छाना राख्ने काम रोकिएको छ। केही दिनमा त्यो पनि सकिन्छ। अहिले सम्म सात किलो सुनले गजुर र माथिल्लो तलाको छानामा जलप लगाउने काम सिध्याइयो।’ पुरानो गजुर मर्मत गर्न मात्रै २० लाख रुपैँया खर्च भएको उनको भनाई छ। साईत जुराएर नयाँ सालको बैशाखमा गजुर राख्ने योजनामा समिति रहेको छ। १६ किलो सुनले मन्दिरको छाना, ढोका, नागकन्या लहरीमा जलप लगाउने श्रेष्ठले बताएए।