Saturday, September 26, 2026
Home राजनीति उपराष्ट्रपतिको उम्मेदवारी दर्ता आज

उपराष्ट्रपतिको उम्मेदवारी दर्ता आज

126

चैत ३,
काठमाडौं ।उपराष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन आयोगले बताएको छ। आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए। आफ्नो भागमा परेको उपराष्ट्रपति पदमा माओवादी केन्द्रले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई नै दोहोर्‍याउने निर्णय गरिसकेको छ। कांग्रेसले भने उम्मेदवार नउठाउने बताएको छ। राष्ट्रपति निर्वाचनमा वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारीको पक्षमा मतदान गरेका मधेसकेन्द्रित दलले उपराष्ट्रपतिमा पनि मतदान गर्ने बताएका छन्। त्यसैले पासाङ नै पुनः निर्वाचित हुने सम्भावना बढी छ। उपराष्ट्रपतिको निर्वाचन यही चैत ९ गते हुँदैछ।