महामन्त्री शंशाकको यस्तो राजनिति

172

फागुन २४,
काठमाडौं । गत सोमवारका लागि तय गरिएको नेपाली काँग्रेसको संसदीय निर्वाचनमा सभापति शेरबहादुर देउवा मतदान गरि तत्काल बाहिरिए ।
देउवाको प्रतिद्धन्द्धी प्रकाशमान सिंह मतदान सकिने वेलातिर मतदान स्थलबाट निस्के । सिंहसँगै महामन्त्री शशांक कोइराला र अर्का नेता मिनेन्द्र रिजाल केहिवेर एकैस्थानमा गफिए ।
सिंहको निकटमा बसेका कोइराला र रिजालको मन भने निकट नभएको नतिजा प्रकाशित हुनासाथ धेरैलाई ज्ञान भएको थियो । संसदीय दलको नेतामा निर्विरोध चयनको इच्छा देखाएका कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षबाट उम्मेदवार त बनेनन् नै पौडेल पक्षका भनि चिनिएका उनको नियत पनि ‘शंकास्पद’ देखियो ।
काँग्रेसको १३ औं महाधिवेसनबाट पौडेल पक्षबाट महामन्त्रीमा विजयी भएका कोइराला संसदीय दलको निर्वाचनमा देउवातिर ढल्केपछि उनको ‘नियत’प्रति काँग्रेसजनहरुमा वहस शुरु भएको छ ।
कोइरालाको निष्कृयताले सिंहले आशातित मत पाउन सकेनन् । कोइरालालाई अव पनि पौडेल पक्षको नेताका रुपमा हेर्न नमिल्ने एक केन्द्रिय नेताले वताए । उनले भने ‘ पौडेल अब कोइराला भ्रमबाट मुक्त हुनुपर्छ । कोइरालाले सिंहको पक्षमा सक्रियता लिएको भए देउवाले ४० भन्दा वढि मत कटाउने थिएनन् । ’ जबकि दलको नेतामा देउवाले ४४ मत प्राप्त गरेका थिए भने सिंह १९ मतमा खुम्चिएका थिए ।
निर्वाचन भएको अवस्थामा देउवाको जित सुनिश्चित थियो तर मतान्तर फरकले कोइराला प्रति आंशका वढ्दै गएको छ । काँग्रेस नेता चन्द्र भण्डारीले उहाँको मौनता के कारणले वुझ्न नसकेको वताए ।

‘समानुपातिक प्रणालीलाई गलत प्रयोगले आफ्ना व्यक्ति अवसर दिए ,सभापतिले जित्नुभयो ।’ उनले भने । काँग्रेस सुभेच्छुक लेखक जूगल भुर्तेलले महामन्त्रीसँग पौडेल पक्षले अब आशा गर्नु निरर्थक भएको वताए ।
यसैबीच काँग्रेस केन्द्रिय सदस्य डा मिनेन्द्र रिजाल पछिल्लो समय सभापति देउवातिर ढल्केका छन् । दलको नेता र उपनेता चयन भइसकेपछि संसदको अर्को जिम्मेवारी लिनका लागि रिजाल देउवा निकट देखिएका छन् । मुख्य सचेतकका लागि देउवालाई रिझाउन रिजाल पछिल्लो समय प्रयास गरिरहेका छन् । संसदीय दलको नेता चयनका क्रममा पनि रिजालले देउवालाई मत दिएका थिए । रिजाल प्रतिनीधि सभा सदस्यका लागि मोरङ २ विजयी भएका थिए । रातोपाटीबाट