टुंगो लगाए राजनीतिक दलले उम्मेदवारको नाम

40

हुम्ला । जिल्लास्थित ठूला राजनीतिक दलले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम टुुंगो लगाएका छन्। केही दिनयता दलहरूको दैनिक रूपमा बस्दै आएको पार्टीको बैठकले उम्मेदवारको नाम सिफारिस गर्न सफल भएका हुन्।

एमाले जिल्ला कमिटीको बैठकले पनि दुुवै तहका निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ। उक्त पार्टीका अध्यक्ष कलबहादुुर हमालका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधि सभातर्फ केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका पूर्वमन्त्री दलबहादुुर रावललाई एकल रूपमा नाम सिफारिस गरेको छ।

त्यसै प्रतिनिधि सभातर्फकै समानुुपातिकतर्फ भने एमाले पोलिटब्युरो सदस्य गोर्खबहादुर बोगटीसहित ६ जनाको नाम सिफारिस गरेको छ।

प्रदेश सभाअन्तर्गत क नम्बर क्षेत्रका लागि केन्द्रीय सदस्य दलबहादुुर फडेरासहित दुुई जना र समानुुपातिकतर्फ जिल्ला अध्यक्ष हमालसहित चार जनाको नाम सिफारिस गरेको छ। त्यसैगरी, ख नम्बर क्षेत्रका लागि प्रत्यक्षतर्फ संविधानसभा सदस्य छिमीदोर्जे लामासहित चार जना र समानुुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको छ।

कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुुपातिक गरी १३ जनाको नाम सिफारिस गरिएको बताए।