फागुन २१,
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा विहान १०
बजेबाट संसदीय दलका नेता चयनका लागि मतदान सुरु भएको हो। संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्। मतदान १ बजेसम्म हुने र त्यस लगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए। सभापति देउवाले आफ्नो पक्षमा स्पष्ट बहुमत भएपछि उम्मेदवारी दिएका हुन् भने पूर्वमहामन्त्री सिंहले देउवा असफल भईसकेको दावी गर्दै दलको नेतामा उम्मेदवारी दिएका हुन्। ६३ सदस्यीय संसदीय दलमा देउवा एक्लैको बहुमत छ। तर वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले भने पार्टीले निर्वाचनमा हार व्यहोरेको बेला दलका नेतामा देउवाले दावी गर्न नहुने भन्दै सिंहको पक्ष लिएका छन।