भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्रको नाम भयो यस्तो

499

माघ १५,
भक्तपुर । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरि धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र राखिएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ज्यान अर्पण गरेका शहीद धर्मभक्त माथेमालाई सम्मान गर्दै उक्त केन्द्रको नाम परिर्वतन गरिएको हो । सोमबार एक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्री दीपक बोहोरा र सासंद महेश बस्नेतले विधिवत रुपमा अस्पतालको नाम परिर्वतन गरेका हुन् । उक्त केन्द्रको नाम परिर्वतन गर्ने विषयमा २०७४ पुस १७ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णयबाट केन्द्रको नाम परिवर्तन गर्ने निर्णय भएको थियो । २०६९ बैशाख ११ गते स्थापना भई सेवा शुभारम्भ गरेको केन्द्रले औपचारिक रुपमा आज सोमबार परिवर्तित नामबाट सेवा सञ्चालनमा ल्याउने केन्द्रका प्रमुख श्रेष्ठले बताए । केन्द्रले हाल राष्ट्रिय तथा अन्तर्रािष्ट्रयस्तरका डाक्टरहरुको उपस्थितीमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि मिर्गौला र कलेजो प्रत्यारोपण गर्दै आएको छ भने मुटुलगायत शरीरका अन्य अंगहरुको जटिल प्रकृतिका शल्यक्रियासमेत गर्दै आएको छ । केन्द्रले हालसम्म ३ सय ९२ जनाको मृगौला प्रत्यारोपण गरेरको जानकारी दिएको छ ।