फिल्ममा देखाइए जस्तो वास्तविक जीवनमा मान्छेले गर्दैनन् प्रगाढ प्रेम

4

रोमान्टिक-कमेडी (रोम-कम) फिल्मले प्रेमलाई लिएर हेर्ने नजरमा परिवर्तन ल्याएको छ । जस्तो: रोमकम विधालाई मन पराउनेहरू प्रेम भनेको भोक-निद्रा बिर्सने, पागलपन हुने र राति अबेरसम्म कुराकानी गर्ने जस्ता कुरा सोच्छन् । तर, अध्ययनले वास्तविक जीवनमा प्रेमको त्यस्तो अध्याय कहिल्यै नआउने देखाएको छ । यही कुरा पत्ता लगाउन अमेरिकामा १० हजार बढी अविवाहित वयस्कहरूको तथ्यांक संकलन गरिएको थियो । जसमा एउटा मात्र प्रश्न सोधिएको थियो, तपाईंले जीवनकालमा कति पटक प्रगाढ प्रेममा पर्नुभएको छ ?यसमा कुनै थप परिभाषा, विकल्प वा उदाहरण दिइएको थिएन । सहभागीहरूले जसरी बुझ्छन्, त्यसलाई नै अध्येताहरूले आधार मानेका थिए । त्यसमा औसत उत्तर ‘दुई’ आएको थियो । अर्थात् सहभागीहरूमध्ये औसत व्यक्तिहरूले जीवनमा दुई पटक प्रगाढ प्रेममा परेको बताएका थिए । त्यस्तै सहभागीहरूमध्ये १४ प्रतिशतले ‘शून्य’ जवाफ दिएका थिए । यसको अर्थ हरेक सातमध्ये एक अविवाहित वयस्कले आफूले कहिल्यै पनि प्रगाढ प्रेमको अनुभव नगरेको जवाफ दिए । जम्मा ११ प्रतिशतले चार वा सोभन्दा बढी पटक यस्तो प्रेम महसुस गरेको उल्लेख गरेका थिए ।