Wednesday, September 23, 2026
Home राजनीति राप्रपाको कार्यालयमा चेलीहरुको लफडा

राप्रपाको कार्यालयमा चेलीहरुको लफडा

6

काठमाडौं । समानुपातिक सूचीमा राखेका उम्मेदवारहरू सही नभएको भन्दै राप्रपाको पार्टी कार्यालयमा चेलीहरुको लफडा गरेका छन् । विशेष गरी समानुपातिक सूचीमा खुश्बु ओली र सरस्वती लामालाई राखिएको विषयमा उनीहरूको असन्तुष्टि रहेको बताइएको छ । सरस्वती उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन् ।

ओलीले पहुँचको भरमा समानुपातिकमा आफ्नो हैसियत बनाउन खोजेको महिला नेतृहरूको भनाइ छ ।
राप्रपाका महिला नेतृहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर होहल्ला गर्दै ‘परिवारवाद’ अन्त्यको मागसहित नाराबाजी गरेका छन् ।पार्टीले समानुपातिक सूचीमा राखेका उम्मेदवारहरू सही नभएको भन्दै महिला सङ्गठनकी सचिव चम्पा अधिकारी सहितका नेतृहरूले महामन्त्री राजेन्द्र गुरुङलाई ज्ञापनपत्र नै बुझाएका छन् । शुक्रबार दलबलसहित पुगेका महिला नेतृहरूले सो क्रममा परिवारवादको विरोधमा चर्को नाराबाजी गरेका थिए ।