Friday, September 18, 2026
Home अन्तर्राष्ट्रिय अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरो पक्राउ

अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरो पक्राउ

12

बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमणूमा त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको बताएका छन्।उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन्। मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण दिएका छैनन्। तर अमेरिकी महान्यायाधिवक्ताले मदुरोविरुद्ध लागुऔषध र आतङ्कवादका अभियोग घोषणा गरेका छन्। भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो वा प्रथम महिला रहेको स्थानका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताएकी छन्।

सरकारले उनीहरू दुवैको तत्काल जीवनको प्रमाणूको माग गरेको उनले बताइन्। राष्ट्रपति निकोलास मादुरो र प्रथम महिला सिलिया फ्लोरेस पक्राउ परेका छन्। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई अधिकारीहरूले बताए अनुसार अमेरिकी सेनाको डेल्टा फोर्सले उनलाई पक्राउ गरेको थियो। डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतङ्कवाद सैन्य एकाइ हो। मदुरोलाई पक्राउ गरिएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाविरुद्ध थप कदम नचालिने ठानेका एक रिपब्लिकन सिनेटरले बताए।