आगलागीका घटनाः ५२ जनाको मृत्यु

14
फाइल तस्विर

काठमाडौं । वैशाख १ गतेदेखि पुस १३ गतेसम्म साढे ८ महिनाको अवधिमा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ५२ जनाको मृत्यु भएको छ । सोही अवधिमा ३ सय ५२ जना घाइते भएका छन् भने २ हजार ५ सय ६४ परिवार प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार आगलागीका कारण ठूलो मात्रामा धनजनको क्षति भएको हो । प्राधिकरणका अनुसार आवासीय घर, गोठ, उद्योग–व्यवसाय तथा सामुदायिक संरचनामा आगलागीका घटना बढी देखिएका छन् । विशेषगरी हिउँद र सुख्खा मौसममा आगलागीका घटना बढ्ने गरेको प्राधिकरणले जनाएको छ । विद्युत् सर्ट सर्किट, ग्यास चुहावट, खुला आगोको प्रयोग र लापरबाहीका कारण आगलागी हुने गरेको प्रारम्भिक विश्लेषणमा देखिएको छ।