काठमाडौं । म्यानमारको पश्चिमी भागस्थित एक प्रमुख अस्पतालमा कम्तीमा ३० जना मारिएका छन्। सैन्य सरकारद्वारा गरिएको हवाई आक्रमणले करिब ७० जना घाइते भएको बताइएको छ। शासनविरुद्ध लडिरहेको अराकन आर्मीका प्रवक्ता खाइन थु खाले रोयटर्स समाचार एजेन्सीलाई बताए अनुसार पश्चिमी राखाइन राज्यको म्राउक–उ सहरमा रहेको सो अस्पताललाई बुधबार राति सैन्य विमानबाट बम फालेर आक्रमण गरिएको थियो। म्राउक–उ जनरल अस्पताल पूर्ण रूपमा नष्ट भएको छ,” उनले भने, ुअस्पतालमै सिधा प्रहार भएकैले ठूलो संख्यामा जनधनको क्षति भयो।
३ सय बेड क्षमता भएको अस्पताल घटनाको बेला बिरामीहरूले खचाखच भरिएको थियो। राखाइन राज्यका धेरै क्षेत्रहरूमा स्वास्थ्य सेवाहरू लडाइँका कारण बन्द भएका कारण, अस्पतालमा भीड बढेको राहतकर्मी वाइ हुन आङले बताए।
बिहीबार बिहान, अस्पताल भग्नावशेषमा परिणत भएको थियो। छानो भत्किएको, स्तम्भ र बीम चर्किएका र मृतकहरूको शवहरू जमिनमा टसलिएका तस्वीरहरू उनले सामाजिक सञ्जालमा सेयर गरेका थिए। यी तस्वीरहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
स्थिति निकै भयावह छ,ु उनले एएफपीलाई भने, ुअहिलेसम्म ३१ जनाको मृत्यु पुष्टि भएको छ र यो संख्या अझै बढ्नेछ। ६८ जना घाइते छन्, र यो संख्या पनि बढ्ने सम्भावना छ। २०२१ को कू मार्फत नोबेल विजेता आङ सान सु ची नेतृत्वको निर्वाचित सरकारलाई हटाइएपछि उत्पन्न विरोध प्रदर्शन दमन गरिएको घटनापछि म्यानमार देशव्यापी द्वन्द्वमा डुबेको छ।













