६१ मेगावाटको नारखोला जलविद्युत्‌ आयोजनामा जुट्यो ऋण लगानी

10

काठमाडौं । सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आायोजना निर्माणका लागि सोमबार कुमारी बैंकको अगुवाईमा ५ वटा बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।मनाङस्थित नार्पा भूमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाट जडित क्षमताको नारखोला जलविद्युत् आयोजना निर्माण गरिनेछ । आयोजनाको प्रबर्द्धक कम्पनी नारखोला हाइड्रो इनर्जीले आयोजना निर्माणका लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ ।