आजको मौसमः हल्का वर्षा र हिमपातको सम्भावना

12

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

२०८२ मङ्सिर ०३ गते (बुधबार)

दिउँसोः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

रातीः कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोला

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (TIA), गौचर, काठमाडौं

फोन: ११५५

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather