काठमाडौं । बिहानको खाजा, जसलाई अंग्रेजीमा ुब्रेकफास्टु भनिन्छ, यसको अर्थ नै हो, ुरातको लामो उपवास तोड्नु।ु जब हामी रातभर सुत्छौँ, शरीरले ७–८ घण्टा कुनै पनि पोषण वा ऊर्जा पाउँदैन। बिहान उठ्दा शरीरलाई पुनः ऊर्जा, ग्लुकोज र पोषक तत्त्वको आवश्यकता हुन्छ। त्यसैले बिहानको खाजा हाम्रो स्वास्थ्य, ध्यान, कार्यक्षमता र मानसिक सन्तुलनका लागि अत्यन्तै जरुरी हुन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहान उठेपछि १ घण्टाभित्र खाजा खानु राम्रो हुन्छ। यस समयमा शरीरले पोषक तत्व छिटो अवशोषण गर्छ।
यदि बिहान समय कम छ भने पनि फलफूल, दूध वा ओट्सजस्ता सजिलो खाजाको विकल्प रोज्न सकिन्छ। खाजा पूर्ण रूपमा नखाई चिया मात्र पिउनु पर्याप्त हुँदैन। बिहानको खाजा हाम्रो दैनिक जीवनको सबैभन्दा महत्वपूर्ण भोजन हो। यसले शरीरलाई ऊर्जा, मस्तिष्कलाई कार्यक्षमता र मनलाई सन्तुलन प्रदान गर्छ। “ब्रेकफासट फर फ्युल फर योर डे” — बिहानको खाजाले नै दिनको शुरुवातलाई सही दिशा दिन्छ। त्यसैले व्यस्त जीवनशैलीबीच पनि बिहान खाजा खान नछोडौँ। नियमित र पौष्टिक खाजाको बानीले दीर्घकालीन रूपमा स्वास्थ्य सुधार, तौल नियन्त्रण, मानसिक शान्ति र उत्पादकता सबैमा सकारात्मक प्रभाव पार्छ।
राम्रो खाजामा के-के समावेश गर्नुपर्छ?
बिहानको खाजामा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र फाइबर सन्तुलित रूपमा हुनुपर्छ। केही उपयुक्त विकल्पहरू यसप्रकार छन् —
अन्न वा ओट्स: उर्जा दिने मुख्य स्रोत
फलफूल: भिटामिन र एन्टिअक्सिडेन्टका लागि
दूध वा दही: प्रोटिन र क्याल्सियमका लागि
अण्डा, दाल वा सोया: मांसपेशीका लागि प्रोटिन
नट्स वा चिया/कफी (सिमित मात्रामा): मानसिक जागरुकता बढाउन
सकभर प्रसंस्कृत खाना, बढी बोसो वा चिनी भएको खाना परित्याग गर्नुपर्छ।














