Wednesday, September 23, 2026
Home समाचार मानव अंग प्रत्यारोपण केन्द्रको कार्याकारी निर्देशकमा डा. कल्पना

मानव अंग प्रत्यारोपण केन्द्रको कार्याकारी निर्देशकमा डा. कल्पना

38

भक्तपुर । मंगलबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले भक्तपुरको दुधपाटीमा रहेको सहिद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गरेको छ। आजको बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिब ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २।१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।