काठमाडौं । कुटपिटबाट एक जनाको मृत्यु भएको छ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक जानकारी दिएका छन् । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।














