काठमाडौ । श्री एयरलाइन्सको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । धनगढीबाट काठमाडाैंका लागि उडान भरेको फ्लाइट नम्बर २२२ काे विमानका चालकले ‘हाइड्रोलिक फेलियर रिपाेर्ट’ गरेका थिए । विमानस्थलका निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहका अनुसार शनिबार बिहान १० बजे भैरहवा डाइभर्ट भएर विमान अवतरण भएकाे हाे । अवतरण गरेपछि विमान लक भएर केही समय धावनमार्गमा अड्किरएको थियो ।
विमानमा सवार चालक दलसहित ८२ जना सकुशल रहेको र उनीहरुलाई जहाजबाट निकालेर सुरक्षित स्थानमा राखिएको विमानस्थलले जानकारी दिएको छ । अहिले आफ्नै पावरले विमान पार्किङ स्थलमा आइसकेको छ,’ साहले भने, ‘सम्बन्धित कम्पनीका इन्जिनियर र प्राविधिक आएर जहाजबाट निर्णय गर्लान् ।’ विमान धावनमार्गमा अड्किएकाले केहीबेर उडान र अवतरण राेकिए पनि अहिले सञ्चालनमा आइसकेको उनले बताए ।
*फाईल तस्वीर













