राष्ट्रपति ट्रम्पलाई दक्षिण कोरियाकै उच्च सम्मान

11

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरियाको उच्च सम्मान ‘ग्रान्ड अर्डर अफ मुगुन्घ्वा’ पाउने पहिलो अमेरिकी नेता बनेका छन् । कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि उनलाई यो सम्मान दिइएको हो ।‘म यो तत्कालै पहिरिन चाहन्छु,’ दक्षिण कोरियाली राष्ट्रपति ली जेई–मायुङले पदक प्रदान गर्नासाथ ट्रम्पलाई भनेका छन् । दक्षिण कोरियाको जियोन्जु सहरमा आयोजित एसिया तथा प्रशान्त क्षेत्र आर्थिक सहयोग संगठन (एपेक) सीईओ सम्मेलनमा भाग लिन आएका बेला ट्रम्पलाई यो सम्मान प्रदान गरिएको हो ।दक्षिण कोरियाका राष्ट्रपति लीले उत्तर कोरियासँगको विवादलाई समाधान गर्न ट्रम्पले खेलेको भूमिकाको कदर गरेका छन् । उनले पुनः यस्तै भूमिका खेल्न ट्रम्पसँग आग्रह पनि गरे ।