काठमाडौं । राति अबेर वा बिहान उज्यालो नहुँदै छिमेकीले गर्ने हल्लाबाट पीडित हुनुहुन्छ भने चिन्ता नगर्नुहोस् । अब नेपाल प्रहरीले त्यस खालका गतिविधिलाई नियन्त्रण गर्ने भएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गरी छिमेकीलाई समस्या पर्ने गरी ध्वनि प्रदूषण हुने खालका गतिविधि नगर्न आग्रह गरेको छ ।राति भएपछि वा बिहान सबेरै लाउड स्पिकरमा संगीत नबजाउन, पार्टी वा जमघट गरी धेरै ठूलो आवाज निकाली छिमेकीलाई बाधा नपार्न प्रहरीको अनुरोध छ ।साथै ठूलो स्वरमा फोनमा कुरा नगर्न, प्रेसर कुकरमा सिट्ठी नबजाउन, ठूलो स्वरमा खोक्ने, खकार्ने नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।













