काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। भदौ १९ गते अपराह्न ३ बजेका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरू ९राजनीतिक, सांगठनिक, विधान संशोधन र आयोगका प्रतिवेदन० छलफल गरी पारित गर्न सचिवालयय बैठक बोलाइएको हो।
एमालेमा विधान महाधिवेशनअघि दस्तावेजहरू केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने परम्परा थियो। विधान महाधिवेशनअघि पनि केन्द्रीय कमिटी बैठक बस्न सक्ने उनले बताए। एमालेको दोस्रो विधान अधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ। यसअघि भदौ १३ का लागि बोलाइएको केन्द्रीय कमिटी बैठक एमालेले स्थगित गरेको थियो। अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोही समयमा चीन भ्रमणमा जाने कार्यक्रम तय थियो।














