कैलालीका एसपी राणा काठमाडौं तानिए

19

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा एसपी बालनरसिंह राणाको जिम्मेवारी खोसिएको छ । कैलाली कारागारमा एक जनाको ज्यान जाने गरी भएको घटनामा राणाको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

कैलालीको नयाँ एसपीको रुपमा नरेन्द्र चन्दलाई पठाइएको प्रहरी हेडक्वाटर स्रोतले बतायो । चन्द केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत थिए । २३ साउनमा कैलाली कारागारमा झडप हुँदा एक जनाको ज्यान गएको थियो भने ४९ जना घाइते भएका थिए । यो घटनाको छानबिनका लागि समिति बनाइएको छ । यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० गोगनबहादुर हमालको पनि जिम्मेवारी खोसिएको थियो ।