भक्तपुर । नेशनल प्याव्सन भक्तपुरको सामुहिक लोक नृत्य प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता आज मिति २०८२ भाद्र ६ गते क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा भत्केपाटी स्थित ख्वप बैङ्क्वेटमा सम्पन्न भएको छ।
सदस्य विद्यालयका बिद्यार्थीहरु सम्मिलित उक्त प्रतियोगितामा सामुहिक लोक नृत्यमा १८ वटा विद्यालयले सहभागिता जनाएका थिए। जसमा प्रसादी पाठशालाले प्रथम स्थान प्राप्त गरेको थियो भने युनिटी ईङ्ग्लिस स्कुलले द्वितिय, रिताम्भरा पाठशालाले तृतिय र ईडेन गार्डेन ईङ्लिस स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
त्यसैगरी एकल नृत्य प्रतियोगितामा सेन्ट जोन्स ईङ्लिस स्कुलले प्रथम स्थान प्राप्त गर्यो भने सेकरिड हार्ट ईङ्लिस स्कुले दोस्रो स्थान, युनिटी ईङ्लिस स्कुलले तेस्रो र ईड्न गार्डेन ईङ्लिस स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए।
विजता विद्यालयलाई आयोजक विदयालयका प्रिन्सिपल जी.वी. खड्का तथा नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पुरस्कार वितरण गरेका थिए। आफ्नो कला संस्कृतिको माया गर्न विद्यार्थीहरुलाई सानै उमेर देखि सिकाउनु पर्छ भन्ने मान्यताका साथ आयोजित यो कार्यक्रम नेशनल प्याव्सन भक्तपुरको यस बर्षको तेस्रो कार्यक्रम हो।












