Monday, September 21, 2026
Home समाज एसइई मौका परीक्षा आजदेखि, २४ हजारभन्दा बढी सहभागी भएनन्

एसइई मौका परीक्षा आजदेखि, २४ हजारभन्दा बढी सहभागी भएनन्

14

काठमाडौं : आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा सुरु भएको छ। बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार आजदेखि सुरु भएर भदौँ ६ गते परीक्षा सकिने छ। आज अनिवार्य अंग्रेजी, संस्कृतरवेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना अनिवार्य अंग्रेजी र मदर्सातर्फ अनिवार्य अरेबिक भाषारअनिवार्य अंग्रेजी परीक्षा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक टुकराज अधिकारीका अनुसार उक्त मौका परीक्षामा १ लाख ४२ हजार ८ सय ५३ जना विद्यार्थीहरू सहभागी भएका छन्। २०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। परीक्षा बोर्डले यो परीक्षाको नतिजा गत असार १३ गते सार्वजनिक गर्‍यो। ०८१ को एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी पास भए।​ एसइई परीक्षामा एक लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत अर्थात् फेल भए। तर,यी सबै फेल भएका विद्यार्थीहरु परीक्षामा सहभागी भएका छैनन्। बोर्डले दिएको तथ्यांकअनुसार २४ हजार ७ सय ४४ जना विद्यार्थीहरूले एसइई मौका परीक्षाका लागि फारम नै भरेनन्।