Monday, September 21, 2026
Home समाज यस्तो छ यातायात व्यवस्था कार्यालयछेउकै सडकको अवस्था

यस्तो छ यातायात व्यवस्था कार्यालयछेउकै सडकको अवस्था

25

काठमाडौँ : सेवाग्राहीको सधैँ चाप पर्ने चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पछाडिको सडकको अवस्था हिलोले बेहाल भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने यो कार्यालयको पछाडिपट्टिको सडक हिलाम्य भएर सेवाग्राही मारमा पर्ने गरेका छन्। यो सडकको अवस्था लामो समयदेखि यस्तै छ। दैनिक ३-४ वटा गाडी हिलोमा फस्ने र कतिपय बाइक-स्कुटर चिप्लिएर लड्ने समेत गरेका छन्। बाटोको अवस्थाले यातायात कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ।