बाहिर नबोल्नू भन्दै जनार्दनलाई चेतावनी

15

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले उपमहासचिव जनार्दन शर्मालाई चेतावनी दिने निर्णय गरेको छ। तीन दिनसम्म चलेको यी समिति बैठकले नेतृत्वबारे बाहिर जथाभावी बोल्दै हिँडेकोले उपमहासचिव शर्मालाई पार्टी अनुशासनबारे सम्झाउने र ‘अबदेखि यसो नगर्न’ चेतावनी दिने निर्णय गरेको छ । उपमहासचिव शर्मामाथि अध्यक्ष प्रचण्डनिकट नेताहरूले गुट सञ्चालन गरेको आरोप लगाएका थिए भने पार्टी बैठकमा कुरा नराखेर सार्वजनिक रूपमा नेतृत्वविरूद्ध अभिव्यक्ति दिने गरेकोमा आपत्ति जनाएका थिए। शर्माले पछिल्ला केही वर्षदेखि पार्टी बैठकका निर्णय पुस्तिकामा हस्ताक्षर गरेका थिएनन्। अध्यक्ष प्रचण्डले पार्टी निर्णयको अपनत्व किन नलिएको भनेर बैठकमै सोधेका थिए। जबाफमा उपमहासचिव शर्माले त्यसमा भने आफू त्रुटि भएको भए सच्याउन तयार रहेको र हस्ताक्षर गर्ने बताएका थिए।