अब लोथरसम्म पाईपबाट नै आउनेछ पेट्रोलियम पदार्थ, तीन वर्षभित्र निर्माण कार्य सकिने

97

हेमराज ढकाल
काठमाडौ । नेपाल आयल निगम लिमिटेडले अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाईन विस्तारकोलागि कार्यालय स्थापना गरेको छ । शुक्रबार चितवनको राप्ती नगरपालिका वडा न. १ लोथरमा निगमले कार्यालय स्थापना गरेको हो ।

कार्यालय स्थापमा कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती नगरपालिका वडा न.१ अध्यक्ष सिद्दीलाल स्याङतालले अमलेखगञ्ज लोथर पाईपलाइन मुलुकै गौरवको आयोजना भएकाले सम्पूर्ण वडाबासी सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

“हामीहरु यो आयोजनाकोलागि जग्गा प्राप्तिदेखि नै साक्षी भएकाले सप्पन्न हुँदासम्म हरेक प्रकारले सहयोग गर्न तयार छौं,” उहाँले भन्नुभयो । समयमै निर्माणकार्य सम्पन्न गर्न उहाँले आयल निगमलाई आग्रह समेत गर्नु भएकोछ ।

कार्यक्रममा निगमका सिनामंगल हवाई इन्धन डिपोका प्रमुख तथा आयोजना प्रमुख ई. प्रदिप कुमार यादवले निर्धारित समय ५४ महिना भएपनि ३६ महिनामै काम सम्पन्न गर्न आफुहरु तयार रहेको जानकारी दिनुभयो । हामीसंग मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन बिस्तारको अनुभव छ, त्यसैले काम समय भन्दा अगाडी सक्न हामी तयार छौं, परियोजना प्रमुख यादवले भन्नुभयो ।

नेपाल आयल निगमका उप निर्देशक रामहरि निरौला, अनुपम पराजुलीलगायतले यो कर्मचारी पुस्ता बोल्नेभन्दा पनि काम गर्ने पुस्ता भएकाले समयमै काम सप्पन्न गर्न सक्षम रहेको बताउनुभयो ।
1
अमलेखगन्ज-लौचर पेट्रोलियम पाइपलाइन तथा नोचर स्थित भण्डारणगृह सहितको आधुनिक ग्रीनफिल्ड टर्मिनल निर्माण कसरी हुन्छ ?

चितवनको लोबरस्थित २३ विधा १२ कठ्ठा जमिनमा आधुनिक सुविधा सम्पन्न ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ । बाराको अमलेखगञ्जस्थित मधेश प्रादेशिक कार्यालयसम्म विछ्याइएको पेट्रोलियम पाइपलाइनलाई लोधरसम्म विस्तार गर्ने कार्य पनि संगै अघि बढ्न लागिरहेको हो ।

तत्कालिन् प्रधानमन्त्री श्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा २०८० साल जेठ १८ गते भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीसंग अमलेखगञ्ज -लोधर पेट्रोलियम पाइपलाइन र लोधरमा भण्डारण गृहसहितको आधुनिक सुविधा सम्पन्न डिपो निर्माण गर्ने विषयक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीमा दुबै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले आपसी सम्झौता गरी निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख गरिएको थियो ।

सोही समझदारी अनुसार मिति २०८१ साल असोज १७ गते इण्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच ‘चिटुवी’ सम्झौता सम्पन्न भएको थियो। सो सम्झौतामा निर्माण कार्य शुरु भएको ५४ महिनामा परियोजनाको काम सकिने उल्लेख छ । उक्त सम्झौतापछि इण्डियन आयल कपरिसनले तत्कालै परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन । डिपिआर) तयार गर्ने काम गरेकोमा हाल डिपिआर निर्माण कार्य सम्पन्न भएको छ। परियोजनाबारे डिपिआरमा रहेको मुख्य मुख्य बुँदाहरु निम्नअनुसार रहेको छ ।

पाइपलाइनतर्फ

इण्डियन आयल कर्पोरेसनको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्मको पाइपलाइनका लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था रहनेछ । अमलेखगञ्ज-लोथर ६२ किलोमिटर दुरीमा पाइपलाइन बिछ्‌याइनेछ । पाइपलाइनको व्यास १० ७५ इन्चको हुनेछ । पाइपलाइनको चाप १७३.५ केजी प्रति वर्गसेन्टिमिटर हुनेछ । पाइपलाइनबाट २ सय ७३ किलोलिटर प्रतिघण्टाको गतिमा तेलको बहाव हुनेछ ।

यो पूर्वपश्चिम राजमार्गसँगै पाइपलाइन बिछ्याइनेछ । ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रुपले ३२ सय किलोलिटर इन्धन स्टोरेज भइरहेको हुनेछ ।

वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सक्ने क्षमताको पाइपलाइन हुनेछ । लोवरमा १ सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ ।

भण्डारण गृहतर्फ

पेट्रोलका ३ वटा, डिजेल, ३ वटा, मट्टितेल २ वटा र हवाई इन्धन ३ वटा गरि कूल ९१,९०० किलोलिटर क्षमताको भण्डार गृह निर्माण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स ट्याक निर्माण गरिनेछ । प्रत्येक ट्यांक २ सय ५० कि.लि. क्षमताको हुनेछ । यसरी कुल ५ सय कि.लि. क्षमताको ट्रान्समिक्स ट्याक हुनेछ ।

त्यसैगरी, चार वटा अण्डरग्राउण्ड ट्यांक पनि रहनेछन् । पेट्रोलका लागि ५० किलोलिटर, डिजेलका लागि ५० किलोलिटर, मट्टितेलका लागि ५० किलोलिटर र हवाई इन्धनका लागि ५० किलोलिटर गरी कूल दुइ सय किलोलिटर क्षमताको अण्डर ग्राउण्ड ट्यांक निमर्माण हुनेछन् ।

कति पैसा लाग्छ ?

इण्डियन आयल कर्पोरेसन (आइओसी) ले तयार पारेको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार अमलेखगञ्ज-लोचर पाइपलाइन निर्माणका लागि नेपाली रुपैया २ सय ६८ करोड (भारु ४ अर्व २८ करोड ८० लाख रुपैया) नागत अनुमान तयार गरिएको छ ।

लोथरमा निर्माण हुने भण्डारणगृह सहितको ग्रीन फिल्ट टर्मिनलको लागि ६ सय १३ करोड भारु (९ अर्ब ८० करोड ८० लाख रुपैयाँ) लागत अनुमान तयार गरिएको छ। यसरी पाइपलाइन र भण्डारणगृह सहितको संरचना निर्माणका लागि कूल ८ सय ८१ करोड (भारु१४ अर्व ९ करोड ६० लाख रुपैयाँ) लागत अनुमान तयार गरिएको छ ।