भक्तपुर । नेकपा (एमाले) काभ्रेपलान्चोक जिल्ला कमिटिका सचिवालय सदस्य तथा तत्कालीन बालुवापार्टी देउपुर गाविसका अध्यक्ष राधाकृष्ण बस्ताकोटीलाई मातृशोक परेको छ । वि.स १९९५ साल माघ २६ गते जन्मनु भएकी उहाँको आमा सुर्यकुमारी बस्ताकोटीको ८७ वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय आमाको विहिबार भक्तपुर दुवाकोटस्थित घरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय बस्ताकोटी लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको गएराती नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँको ३ छोराहरु केशव, आत्मराम र राधाकृष्ण, ४ जना छोरीहरु शुभद्रा, कमला, निर्मला, मन्जु हुनुहुन्छ ।
नयाँ नेपाल न्यूज डटकम परिवार, स्वर्गीय आमाप्रति हार्दीक श्रद्धान्जली अर्पण गर्दछ ।














